०२ साउन २०८३, शनिबार

फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ जाँदै : अर्थमन्त्री

चैत २४, २०७६
फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ जाँदै : अर्थमन्त्री

कोरोनाभाइस संक्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपर्दा  कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले सोमबार चेतावनी दिएका छन्।

अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भने, ‘सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २।२ प्रतिशतमा झरेको थियो । अहिले अवस्था योभन्दा अझ खराब हुने देखिएको छ।’ 

उनले फ्रान्सको आर्थिक वृद्धिदमा निकै गिरावट आउने अअवस्था आएको भन्दै समितिमा आफूले यसबारे जानकारी गराएको बताए। उनले भने, ‘हामीले सन् २०२० मा आर्थिक वृद्धिदर २।९ प्रतिशत कायम हुने प्रक्षेपण गरेको भएपनि कोरोनाभाइरसको सङ्क्रमणको प्रकोपका कारण खराब देखिएको छ।’ 

फ्रान्सले मार्च १७ देखि देशव्यापी रूपमा देशका सम्पूर्ण अत्यावश्यक मानवीय बाहेकका सेवालाई अप्रिल १५ सम्म लागु हुनेगरी बन्द गरेको छ। 

फ्रान्सको तथ्याङ्कको लागत राख्ने कार्यालय ‘ईन्से’ का अनुसार लकडाउनका कारण फ्रान्सको सम्पूर्ण अर्थतन्त्रको करिब ३५ प्रतिशत गतिविधिमा कमी आएको जनाएको छ। हरेक महिनाको बन्दले कारण मुलुकको बार्षिक कूल ग्राहस्थ उत्पादनको तीन प्रतिशत अङ्कलाई प्रभावित पार्ने गर्दछ।

कोरोना भाइरसको प्रकोपका कारण सेवा, ठूला उद्योग र निर्माण सबैमा व्यापक प्रभाव परेको छ। कारखानाहरु बन्द छन् र सुपरमार्केट र फार्मेसी जस्तै केही हातमा गन्न सकिने व्यापार क्षेत्र खुला रहने गरेको ईन्सेको तथ्याङ्क छ।

salt training

कमेन्ट गर्नुहोस्