
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को त्रासका कारण विदेशबाट आएका ८ हजार बढीलाई क्वारेन्टाइनमा राखिएको छ । नेपालमा ९ जनामा कोरोना संक्रमण भेटिएको थियो भने १ जना निको भइसकेका छन् ।
गृह मन्त्रालय अन्तरगको राष्टिय विपत जोखिम न्युनिकरण एवं व्यबस्थापन प्राधिकरणका अनुसार ८ हजार १ सय ६६ जना क्वारेन्टाइनमा बसेका छन् । गृह मन्त्रालयले संचालनमा ल्याएको कोभिड १९ सम्बन्धी सूचना प्रणालीमा राखिएको विवरण अनुसार १ सय ३१ जना आइसोलेसनमा छन् ।
भारत लगायत तेस्रो देशबाट आएका नागरिकलाई विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको छ ।
सबभन्दा धेरै सूदुरपश्चिम प्रदेशमा २ हजार २५ जना, प्रदेश नम्बर ५ मा १९ सय ५३ जना, गण्डकीमा ११ सय ९७ जना, कर्णालीमा ८ सय ४३ जना प्रदेश १ मा ७ सय ५८ जना बाग्मतीमा ७ सय २५ तथा प्रदेश २ मा ६ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
मंगलवारसम्म प्रदेश ५ मा ३५ तथा सूदुरपश्चिम प्रदेशमा ३१ जनालाई आइसोलेसनमा राखिएको छ ।