२४ असार २०८३, बुधबार

दक्षिण कोरियामा निको भइसकेका मानिसमा फेरि देखियो कोरोना

चैत २५, २०७६
दक्षिण कोरियामा निको भइसकेका मानिसमा फेरि देखियो कोरोना

दक्षिण कोरियामा कोरोनाभाइरस लागेर निको भइसकेका ५१ जना रोगी फेरि कोरेना पोजिटिभ पाइएका छन् । यसले भाइरस पुनः सक्रिय हुन्छ कि भनी डर बढाएको छ । 

देशमा सबभन्दा बढी प्रभावित शहर दाएगुका ती रोगीलाई भाइरस लागेको पाइएपछि क्वारेन्टीनमा राखिएको थियो । क्वारेन्टीनबाट निस्केको केही दिनपछि उनीहरूमा फेरि भाइरस देखियो । 

कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीहरूमा पुनः संक्रमण भएको नभई भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको जनाएको छ । 

मानव कोशिकामा यो भाइरस पत्ता नलाग्ने गरी लुकेको विश्वास गरिएको छ । 

अज्ञात कारणले भाइरसका सूक्ष्म कणहरू पुनः सक्रिय हुने देखिएको उनीहरू बताउँछन् तर रोगीहरू संक्रामक हुने नहुने स्पष्ट नभएको उनीहरूको भनाइ छ । 

तर भाइरसले यस्तो व्यवहार देखाउने कुनै प्रमाण फेला नपरेको र बाँदरहरूमा गरिएको अध्ययनले यसभन्दा फरक नतिजा देखाएको विज्ञहरू बताउँछन् । 

एउटै बिरामीलाई दुईपटक कोरोना पोजिटभ पाइएमा परीक्षणले गलत नतिजा दिएकाले हुन सक्ने उनीहरूले बताए । 

युनिभर्सिटी अफ ईस्ट एंग्लियाका सरुवा रोग प्राध्यापक पल हन्टरले भने, ‘यी पुनः संक्रमणका केस नहोलान् तर यी केसमा भाइरस पुनः सक्रिय भएको जस्तो मलाई लाग्दैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्