१३ असार २०८३, शनिबार

वन तथा वातावरण मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामाग्री

वन तथा वातावरण मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामाग्री

वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले निजी लगानीमा जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । 

मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।  

मन्त्री वस्नेतले वेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई १४० थान, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र  हेण्ड वास २ काटुन सहयोग गरेका छन् । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री वस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए । 

‘हामी यो स्वास्थ्य सामाग्रीको सदुपयोग गर्छौ, यस्तो कठिन परिस्थितीमा पनि मन्त्रीज्युले यो सामाग्री व्यवस्था गर्नुभएको छ । हामी आवश्यकता हेरेर जिल्ला स्वास्थ्य र स्थानिय तहमा स्वास्थ्य सामाग्री पठाउछौं,’ प्रमुख जिल्ला अधिकारी पन्तले भने ।  

salt training

कमेन्ट गर्नुहोस्