
भारतको झारखण्डस्थित रामगढमा लकडाउनका बेलामा सयौं मानिस भेला भएका छन् । ज्यानको परवाही नगरी मानिसहरू पूजापाठ गर्न भेला भए । भीड हटाउन प्रहरीलाई पनि धौधौ पर्यो ।
कुजू क्षेत्रमा सोमवार साँझ एउटा रुखमा त्रिशूल र डमरुको चित्र देखियो । त्यसपछि चित्र देखियो भन्दै इराकाभरि खबर फैलियो । अनि टाढाटाढाबाट गाउँलेहरू भेला भए ।
लकडाउनका बेलामा सामाजिक दूरी पालन गर्ने र मास्क लगाउनेतर्फ कसैको ध्यान गएन । गाउँलेहरू पूजासामग्रीका साथ पूजापाठ गरे ।
त्यसै क्रममा एक महिला भक्त त्यहाँ आएर काँप्न थालिन् र उनलाई देउता चढ्यो ।
कुजू प्रहरीका सबइन्स्पेक्टर सामन्त दासलाई भीड हटाउन गाह्रो पर्यो । रुखमा त्रिशूलको आकृति देखेर महिलाहरू पूजापाठ गरिरहेको उनले बताए । उनीहरूलाई हटाउँदा एकैछिनमा फेरि भेला भइहाल्ने गरेको उनले बताए ।
संकटको घडीमा स्वयं भोलेनाथ प्रकट भएको भन्दै गाउँलेहरू लकडाउनको धज्जी उडाउँदै पूजापाठमा व्यस्त छन् ।