१७ असार २०८३, बुधबार

न्युयोर्कमा कोरोनाभाइरसबाट मरेकालाई गाड्नका लागि पार्कमा सुरुङ खनिँदै

चैत २५, २०७६
न्युयोर्कमा कोरोनाभाइरसबाट मरेकालाई गाड्नका लागि पार्कमा सुरुङ खनिँदै

अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसबाट मर्नेको संख्या बढ्दै गएपछि मूर्दाघरहरू भरिन थालेका छन् । त्यसैले हार्ट आइल्यान्डमा शवहरू अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइँदैछ । 

अमेरिकामा कोरोनाभाइरसको केन्द्रविन्दु बनेको न्युयोर्कलाई अहिले शव व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । 

कब्रिस्तानहरू भरिभराउ भएपछि शहरका एक अधिकारीले सार्वजनिक पार्कमा अस्थायी रूपमा शव गाड्न सकिने बताएका छन् । 

हार्ट आइल्यान्डमा रहेको एउटा खाली पार्कमा लाश गाड्न खोजिएको हो । उक्त ठाउँमा शीतयुद्धकालमा क्षेप्यास्त्रहरू राखिएको थियो अनि गृहयुद्धकालमा त्यहाँ कारागार शिविर थियो । मजदूरहरूले त्यहाँ अहिले सुरुङ खन्न खोजिरहेका छन् ।

हार्ट आइल्यान्डमा सन् १८६१ देखियता सानो भूमिमा १० लाभन्दा बढी मानिसलाई गाडिसकिएको छ । 

स्पेनिस फ्लु महामारी फैलिँदा पाँच लाख अमेरिकीहरू मारिएका थिए र हजारौंलाई हार्ट आइल्यान्डमा गाडिएको थियो । 

म्यानह्याटन परिषद्का एक प्रतिनिधि मार्क लिभाइनले भने, ‘१० वटा ताबुत एउटै पंक्तिमा राख्न मिल्ने गरी सुरुङ खनिनेछ । यो मर्यादित र व्यवस्थित तरिकाले गरिनेछ र अस्थायी बन्दोबस्त हो । तर न्युयोर्कवासीलाई यो कठिन लाग्न सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्