०९ साउन २०८३, शनिबार

विदेशमा अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’

विदेशमा अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’

सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन सरकारका नाममा आदेश जारी गरेको छ। 

न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो।

‘नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू,’ आदेशमा भनिएको छ,  ‘कार्य तत्काल सम्भव नभए निजहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू।’

आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ।

अधिवक्ता माधवकुमार बस्नेत, मीना खड्का, मनीषकुमार श्रेष्ठलगायतले सीमानाकामा रहेका नेपाली र विदेशमा भएर नेपाल आउन चाहने नेपालीलाई आउन दिन आदेशमा माग गर्दै दायर गरेको रिट निवेदनमा अदालतले सो आदेश जारी गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्