२३ असार २०८३, मंगलबार

कोरोना अपडेट : अमेरिकामा संक्रमितको संख्या ४ लाख र मृतकको संख्या १२ हजार नाघ्यो, बेलायतमा ६ हजारको मृत्यु

चैत २६, २०७६
कोरोना अपडेट : अमेरिकामा संक्रमितको संख्या ४ लाख र मृतकको संख्या १२ हजार नाघ्यो, बेलायतमा ६ हजारको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण अमेरिकामा संक्रमितको संख्या ४ लाख र मृतकको संख्या १२ हजार नाघेको छ । बुधवारसम्म विश्वमा १४ लाख ३१ हजार ६ सय ८९ जनालाइ संक्रमण देखिएकोमा अमेरिकामा ४ लाख ४ सय १२ जनामा संक्रमण भेटिएको छ ।


चीनबाट शुरुभएको कोरोनाले यसअघि युरोपको इटली, स्पेन र फ्रान्समा शिथिल बनाएको थियो । पछिल्लो दिनमा बेलायतमा यसको संक्रमण तीब्र बनेको छ । कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वल्डजेरोमिटरका अनुसार बुधवारसम्म बेलायतमा संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ । 

बेलायतमा मृतकको संख्या ६ हजार १ सय ५९ पुगेको छ, यो संख्या मंगलवार ५ हजार ३ सय ७३ थियो । कोरोना संक्रमणका कारण मृतकको संख्या इटलीमा १७ हजार १ सय २७, स्पेनमा १४ हजार ४५ तथा फ्रान्समा १० हजार ३ सय २८ र जर्मनीमा २ हजार १६ पुगेको छ । 

दक्षिण कोरियामा ५३ वटा नयाँ संक्रमति देखिएसंगै संmत्रमितको संख्या १० हजार ३ सय ८४ तथा मृतकको संख्या २ सय पुगेको छ । नेपालसँग खुल्ला सीमा भएको भारतमा संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ भने १ सय ६० को मृत्यु भएको छ । 

बुधवारसम्म कोरोनाका कारण ८२ हजार ७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३ लाख २ हजार १ सय ४५ जनालाई निको भइसकेको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन । कोरोनाका कारण विश्वका अधिकाशं देशले लकडाउन गरेका छन । 

salt training

कमेन्ट गर्नुहोस्