३० जेठ २०८३, शनिबार

थ्रेसरको पट्टामा बेरिएर महिलाको मृत्यु

चैत २६, २०७६
थ्रेसरको पट्टामा बेरिएर महिलाको मृत्यु

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थ्रेसिङ गर्ने थ्रेसरको पट्टामा बेरिएर मङ्गलबार मृत्यु भएको छ ।

गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर चोट लागेपछि  उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्‍याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्