
काठमाडौं, ९ वैशाख-सरकार र मधेसी मोर्चाबीचको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा सरकार र मोर्चाबीच तीन बुँदे सहमति भएको छ ।
बैठक पछि नेपाली कांग्रेसका नेता रमेश लेखकले तीन बुदामा सहमति भएको जानकारी दिए । सरकारले यसअघि दर्ता गरेको संशोधन प्रस्तावलाई संशोधन गरेर पुन दर्ता गर्ने, दुई चरणमा निर्वाचन गर्ने र मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको लेखकले जानकारी दिए ।
सरकार र मोर्चाबीचमा सहमति भएपनि लिखित हस्ताक्षर भने गरिएको छैन । भोलि मन्त्रिपरिषद बैठकबसेपछि संशोधन अघि बढाउने र त्यसपछि मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिने मोर्चाका नेताहरूले जनाएका छन् ।