२८ असार २०८३, आइतबार

काठमाडौंका ९ नगरपालिकामा माओवादीले क-कसलाई बनायो उम्मेद्वार ? (सूचीसहित)

कात्तिक २०, २०७४
काठमाडौंका ९ नगरपालिकामा माओवादीले क-कसलाई बनायो उम्मेद्वार ? (सूचीसहित)


काठमाडौँ, ९ वैशाख - यही वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना पार्टीका तर्फबाट नगर तथा गाउँपालिकाका लागि उमेद्वारका नाम सिफारिस तथा घोषणा गर्न थालेका छन् ।maoist-l

नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाबाहेक अन्य नौवटा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यको उम्मेदवारी घोषणा गरेको छ ।

माओवादी केन्द्रका नेता हिमाल शर्माका अनुसार तारकेश्वर नगरपालिकामा धनलाल महर्जन प्रमुखको उम्मेदवार बनेका छन् भने उपप्रमुखमा बिना राना छिन् ।

यस्तै बूढानीलकण्ठ नगरपालिकाको ६७ जनाको उम्मेदवारी आज सार्वजनिक गरिएको छ । माओवादी केन्द्रका नेता गोविन्दबहादुर बटालाका अनुसार प्रमुखमा रवीन अधिकारी र उपप्रमुखमा होमकुमारी दुलाललाई उम्मेदवार बनाइएको छ ।

यस्तै टोखा नगरपालिकामा कल्पना शर्मा प्रमुखको उम्मेदवार छिन् भने उपप्रमुखमा दीपक बानियाँ छन् । कागेश्वरी मनहरा नगरपालिकाको प्रमुखमा महेश्वर फुयाँल र उपप्रमुखमा रुकु रणपालले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै शङ्खरापुरमा प्रमुखमा कृष्णराज सुवेदी र उपप्रमुखमा इन्द्रा तामाङलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

माओवादी केन्द्रका अनुसार गोकर्णेस्वरमा प्रमुख टिआर नेपाल र उपप्रमुखमा रेणु कार्की छिन् । उता नागार्जुनमा प्रमुख कुमार तामाङ र उपप्रमुखमा देवकी पौडेल उम्मेदवार छन् भने चन्द्रागिरिमा प्रमुख श्रीकृष्ण श्रेष्ठ र उपप्रमुखमा अभिवक्ता उर्मिला रोका उम्मेदवार छन् ।

दक्षिणकालीमा प्रमुख सञ्जय लामा माओवादीका तर्फबाट उम्मेदवार छन् । सो नगरपालिकाको उपप्रमुखको भने केही दिनभित्रै उम्मेदवारी टुङ्गो लगाइने बताइएको छ ।

नेकपा(माओवादी केन्द्र) काठमाडौँका इन्चार्ज लेखनाथ न्यौपाने काठमाडौँका नौ स्थानमा चुनावीसभाको आयोजना गरेर स्थानीय तह निर्वाचनको उम्मेदवार घोषणा गरिएको जानकारी दिए । उनले काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाको पनि केही दिनमै उम्मेदवारी घोषणा गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्