१२ असार २०८३, शुक्रबार

फिफा वरियतामा नेपाल यथावत

चैत २७, २०७६
फिफा वरियतामा नेपाल यथावत
प्रतिकात्मक तस्वीर

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीवार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७० औं स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७० औं स्थानमै रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८ औं स्थानमा रहँदा माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं स्थानमा छ भने बंगलादेश १८७ औं स्थानमा छ ।

पाकिस्तान २०० औं स्थानमा रहँदा श्रीलंका २०६ औं स्थानमा रहेको छ । 

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्