
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले काठमाडौंमा रहेकालाई शुक्रवार र शनिवार बाहिर जाने दिने भनी भइरहेको चर्चाको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा धारणा राख्दै मुख्यमन्त्री पोखरेलले लकडाउनको अर्थ लकडाउन हुने भएकाले पूर्ण कार्यान्वन हुनुपर्ने र बरु खर्च नभएर अभाव झेलेकालाई राहत दिनुपर्ने बताए ।
उनले लेखेका छन्, ‘काठमाडौंबाट बाहिर जान दिने र बहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देउ ।’