×

प्रदेशका सबै क्वारेन्टाइनमा कोरोनाको र्‍यापिड जाँच, २ हजार ५७२ जनाको नमूना जाँच्ने लक्ष्य

चैत २८, २०७६

५ नम्बर प्रदेशमा कोरोना भाइरसको र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) बाट परीक्षण थालिएको छ ।

कोरोनाको रोकथाम र फैलावट नियन्त्रणका लागि प्रदेशभर क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड जाँच थालिएको हो ।


Advertisment

टेस्टको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै १२ जिल्लामा प्रयोगशालाकर्मी परिचालन गरी जाँच शुरू गरेको हो ।


Advertisment

रुपन्देहीको तिलोत्तमा र शुद्धोधनमा आरडीटी विधिमार्फत् प्रदेशमा पहिलो पटक गरिएको १० जनाकै कोरोना परीक्षण गरिएको छ । जाँच गर्ने टोली जिल्ला जिल्लामा पुगिसकेको छ । उनीको नतिजा ‘नेगेटिभ’ आएको छ ।

औपचारिक रुपमा शुक्रवारबाट जाँच थालिने छ । २ हप्तासम्म क्वारेन्टाइनमा बसेका सबैको दु्रत प्रविधिमार्फत जाँच गरिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । 

भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका प्रदेशका ३०६ वटा क्वारेन्टाइनमा २ हजार ५७२ जना बसिरहेका छन् । उनीको जाँचको लागि संघीय सरकारले ५ हजार र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट उपलब्ध गराएको छ । डा. रमेश खरेलको नेतृत्वको चिकित्सकीय टीमले प्रदेशका लागि आरडीटी किटसहित विभिन्न स्वास्थ्य उपकरण ल्याएको छ । विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्न आनाकानी गर्दा जोखिम बढेको छ ।

प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले क्वारेन्टाइनमा बसेकालाई आरडीटीमार्फत परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ देखिए आइसोलेसनमा रिफर गरिने बताए । ‘१४ दिने क्वारेन्टाइनमा बसेकाको आरडीटी जाँच (रगत जाँच) हुनेछ । जाँचपछि रिपोर्ट ‘नेगेटिभ’ आएमा १ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइने छ । पोजेटिभ देखियो भने पीसीआर (कोरोना) जाँचका लागि स्वाब (र्‍याल र थुक) लिइन्छ,’ गिरीले भने ।

प्रदेशमा हालसम्म कसैलाई पनि कोरोना ‘पोजेटिभ’ देखिएको छैन । डा. गिरीले लोकान्तरसँग थपे, ‘यो पीसीआर जस्तो पूर्ण विश्वसनीय हुँदैन । छिटो जाँच हुने र धेरै जाँच गर्न सकिने भएकाले यसको जाँचबाट समुदायमा फैलिन नदिन र्‍यापिड टेस्ट शुरू गरिएको हो ।’ 

र्‍यापिड जाँचका लागि प्रदेशमा ६१ जना प्रयोगशालाकर्मीलाई तालिम दिएर खटाइएको छ । प्रदेश आपूर्ति व्यवस्थापनले लागतको आधारणमा प्रदेशका सबै जिल्लामा किट उपलब्ध गराएको छ । रुपन्देहीका लागि ४४० किट उपलब्ध छन् । रुपन्देहीको भैरहवामा हालै स्थापना भएको कोरोना जाँच गर्ने अस्पतालले दैनिक १५ जनाको स्वाब परीक्षण गर्न सक्छ ।

प्रदेशमा कुन जिल्लामा कति जना क्वारेन्टाइनमा ?

प्रदेशका रुकुमपूर्व बाहेक ११ वटै जिल्लामा भारत लगायत विभिन्न देशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन् । सबैभन्दा धेरै रुपन्देही र कपिलवस्तुमा छन् ।

रुपन्देहीका १६ वटा क्वारेन्टाइनमा ६१३ जना छन् । कपिलवस्तुका ४२ स्थानमा ६१४ जना, पश्चिम नवलपरासीका १३ स्थानमा १३१, बाँकेका १३ ठाउँमा ४१९, बर्दियामा २६ स्थानमा ३९२, पाल्पाका २८ स्थानमा ४७ जना, गुल्मीका ६७ स्थानमा ७५ जना, अर्घाखाँचीका ४६ स्थानमा ३४ जना, रोल्पाका १० स्थानमा २६६ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य विभाग प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले १ हप्ताभित्र र्‍यापिड जाँच गरिसकिने बताए । प्रदेशमा १५८ जनालाई कोरोना आशंका गरेर अस्पताल भर्ना गरिएपनि १३ जना मात्र उपचारमा रहेका छन । अन्य सबैको रिपोर्ट ‘नेगेटिभ’ आएर घर गइसकेका छन् । 

प्रदेशमा ६४ जनाको स्वाब संकलन 

प्रदेशमा कोरोना आशंकामा ६४ जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ प्रयोगशालामा आइपुगेको छ । नवलपरासी र रुकुमबाहेक अन्य सबै जिल्लाबाट स्वाब आएको छ । ४० जनाको जाँच गरिसकिएको छ । सबैको रिपोर्ट ‘नेगेटिभ’ रहेको डा. गिरीले जानकारी दिए ।

प्रदेशमा कोरोना जाँच गर्ने ४ वटा विशेष अस्पताल छन् । बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पताल, दाङको बेलझुण्डी, भैरहवाको भीम अस्पताल र बाँकेको कोरोना उपचार गर्ने आइसोलेनस सहितका अस्पताल तयारी अवस्थामा छन् । 

तराईका जिल्लामा बढ्दो जोखिम

प्रदेशका ६ जिल्ला भारतसँग जोडिएका छन् । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । जसले गर्दा यहाँ जोखिम बढी हुनसक्ने सरकारको विश्लेषण छ । खुला सिमानाले गर्दा नेपाल र भारततर्फ सहज रुपमा आवतजावत भइरहन्छ । रुपन्देहीको मर्चवार नजिकै भारतको कोल्हुई बजारमा ४ दिनअघि ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालतिर त्रास बढेको छ । अहिले सीमा थप सुरक्षा बल तैनाथ गरी आवतजावत ठप्प पारिएको छ ।

कोरोनाविरुद्ध उच्च सावधानी अपनाएको प्रदेश सरकारले दाबी गर्दै आएको छ ।

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x