०७ असार २०८३, आइतबार

ब्युँतदै मानापाथी अभियान

चैत २८, २०७६
ब्युँतदै मानापाथी अभियान

आपतविपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई  शुरुआत गरेको छ । 

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन  लकडाउन जारी गरिएपछि समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्न मानापाथी अभियान शुरु गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनु भयो । 

बिहीबारदेखि सुरु भएको सो अभियानमा प्रदेशसभा सदस्यदेखि  खानेपानी उपभोक्ता समितिसम्मले सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

प्रदेशसभा सदस्य डिल्लीप्रसाद उपे्रतीले ५ क्विन्टल चामल, तथा ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले बीस क्विन्टल चामल, १ क्विन्टल दाल र २ क्विन्टल नुन प्रदान गरेको छ । यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले १५ हजार १०५ रुपैयाँ नगद प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न समस्या नहोस् भन्नाका लागि सो अभियान थालनी गरेको र अभियान जारी रहेको जनाएको छ ।


 

कमेन्ट गर्नुहोस्