२८ जेठ २०८३, बिहीबार

चिलीमा कोरोनाबाट निको भएका मानिसलाई प्रमाणपत्र बाँडिने

चैत २८, २०७६
चिलीमा कोरोनाबाट निको भएका मानिसलाई प्रमाणपत्र बाँडिने

दक्षिण अमेरिकी देश चिलीमा कोरोनालाई हराउने मानिसहरूलाई भाइरस फ्री प्रमाणपत्र बाँडिने भएको छ । 

स्वास्थ्यमन्त्री हाइम मनालिचले भने, ‘यस्तो प्रमाणपत्र पाएका मानिसले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउनेछन् ।’ 

चिलीमा कोरोनाका कारण ५७ जनाको मृत्यु भएको छ भने १२ सय ७४ जना निको भएका छन् ।

मनालिचले चिलीमा अर्को हप्ता भाइरस केस अलिकतिले बढ्ने सम्भावना रहेको बताए । यस्तो अवस्थामा मानिसहरूलाई कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रोत्साहन गर्न सर्टिफिकेट दिन लागिएको उनको भनाइ छ । 

उनले भने, ‘कोरोनाबाट एकचोटि संक्रमित भएर ठीक भएको मानिसलाई पुनः संक्रमण हुँदैन किनकि उसको रोगप्रतिरोधक क्षमता बढिसकेको हुन्छ भन्ने कुराले हामीलाई आकर्षित गर्‍यो । यस्तो अवस्थामा निको भएकालाई प्रमाणपत्र दिँदा मानिसलाई हौसला मिल्छ ।’

तर स्वास्थ्यमन्त्रीको प्रस्तावलाई आधिकारिक समर्थन प्राप्त भइसकेको छैन । 

कोरोना संक्रमित ठीक भइसकेपछि फेरि संक्रमित हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन । चीन र दक्षिण कोरियामा निको भइसकेको मानिसमा फेरि कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाभाइरस लागेर निको भएका मानिसको संख्या मर्नेको भन्दा धेरै छ । 

salt training

कमेन्ट गर्नुहोस्