१७ असार २०८३, बुधबार

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीलाई आइसीयुबाट निकालियो, गर्भवती प्रेमिकासँग गरे पहिलो संवाद

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीलाई आइसीयुबाट निकालियो, गर्भवती प्रेमिकासँग गरे पहिलो संवाद

कोरोनाको संक्रमणका कारण गत आइतवारदेखि अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यस्थितिमा केही सुधार आएको छ ।

कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा भर्ना गरिएका जोनसनको अवस्थामा सुधार नआएपछि उनलाई ३ दिनसम्म आइसियुमा राखिएको थियो ।

लण्डनको थोमस अस्पतालमा उपचार गराइरहेका जोनसनको स्वास्थ्यमा पहिलो चरणको सुधार आएको डाक्टरहरूले बताएका छन् ।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसीयुबाट निकालिएको छ ।

शुक्रवार उनलाई उनले चलाउने मोबाइल दिइएको थियो । मोबाइल भेट्टाउने बित्तिकै उनले आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्डसँग कुरा गर्न हतारिएका थिए ।

अस्पताल स्रोतले जोनसनले आफूलाई उपचार गर्ने चिकित्सकहरूलाई हात हल्लाएर अविवादन गरेको भन्दै डेली मेलले समाचार प्रकाशित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्