२६ जेठ २०८३, मंगलबार

कोरानाविरुद्ध सबै एक भएर लड्न आग्रह

चैत २९, २०७६
कोरानाविरुद्ध सबै एक भएर लड्न आग्रह

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । 

एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गरेको  १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आ–आफ्नो तह र तप्काबाट एकअर्काको सहयोग गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा उनले लकडाउनका सयममा अदालतमा आंशिक काम भइरहेको हुँदा कानून व्यवसायी र समाचार सङ्कलन गर्ने सञ्चारकर्मीलाई नेपालभर आवतजावत गर्नुपर्ने हुँदा परिचयपत्रको आधारमा साधनसहित आवतजान गर्न दिनुपर्ने माग गरेका छन् । 

नयाँ वर्ष तथा सुदूरपश्चिम प्रदेशमा धार्मिक रीतिरिवाज तथा परम्पराका नाममा भीडभाड हुने गरी लकडाउन तोड्ने सम्भावनालाई कडा निगरानी गर्न र जाँचको दायरा बढाउन सरकारसँग माग गर्दै विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार बनाउन र परीक्षणका लागि जनचेतना जगाउने काममा जोड दिनुपर्छ ।”  

एशोसिएशनले लकडाउनको अवस्थामा घरमा बसेका नागरिकलाई पनि घरघरमा गएर स्वाब परीक्षण गर्ने वातावरणको व्यवस्था मिलाउन आग्रह गर्दै मास्क र स्यानिटाइजरलाई सर्वसुलभ बनाउन माग गरेको छ ।

कैदीबन्दीलाई आधारभूत स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न, सिमानामा अलपत्र परेकालाई व्यवस्थित तरिकाले नेपाल फर्कने वातावरण मिलाउन, राहत पारदर्शी तरिकाले वितरण गर्न, आपूर्ति व्यवस्थापन सहज गर्नलगायतका माग गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्