२३ असार २०८३, मंगलबार

पृथ्वी राजमार्गमा एकाविहानै डरलाग्दो दुर्घटना, १ को मृत्यु ६ जना घाइते

कात्तिक २०, २०७४
पृथ्वी राजमार्गमा एकाविहानै डरलाग्दो दुर्घटना, १ को मृत्यु ६ जना घाइते

चितवन, १० वैशाख– पृथ्वी राजमार्गअन्तर्गत चितवन जिल्लाको इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक आज बिहान दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्