
सरकारले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण काठमाडौँका तीन स्थानमा विस्तार गरेको छ।
यसअघि उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएकोमा शनिबारदेखि वीर अस्पतालमा पनि शुरु भएको हो।
आइतबारदेखि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा समेत परीक्षण थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालउका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा जनाए।