२२ जेठ २०८३, शुक्रबार

हिजो दिनभर : कोरोना संक्रमित संख्या ९ जनामै सीमित, लकडाउन छिट्टै अन्त्य नहुने निष्कर्ष

हिजो दिनभर : कोरोना संक्रमित संख्या ९ जनामै सीमित, लकडाउन छिट्टै अन्त्य नहुने निष्कर्ष

प्रधानमन्त्री–मुख्यमन्त्रीबीच ‘कोरोना संवाद’ : लकडाउन छिट्टै अन्त्य नहुने निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओली र ७ वटै प्रदेशका मुख्यमन्त्रीबीच कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारका विषयमा भिडियो संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले सिहदरबारस्थित एक्सन रुमबाट ४ घण्टाभन्दा बढी समयसम्म मुख्यमन्त्रीहरूसँग संवाद गरेका छन् ।

संवादका क्रममा प्रधानमन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझ कडाइ हुने स्पष्ट पारेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । भिडियो संवादमा मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएका प्रयास सकारात्मक रहेका र अझ समन्वयात्मक ढंगले अघि बढ्न जरुरी रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित  नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभयो,’ प्रेस सल्लाहकार थापाले जनाएका छन् ।

भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने कुरा हुन नसक्ने जनाउँदै प्रधानमन्त्री ओलीले लकडाउनमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएका छन् ।

कोरोना संक्रमित संख्या ९ जनामै सीमित, सबैको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमितको संख्या शनिवारसम्म ९ जनामै सीमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भिडियो सन्देशमार्फत कोरोना संक्रमितको संख्या थप नभएको जनाएका छन् ।

नेपालमा भेटिएका ९ जना संक्रमितमध्ये १ जना निको भइसकेको र उपचाररत ८ जनाको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जनाएका छन् ।

उपचाररत ८ जनामध्ये ४ जना सेती प्रादेशिक अस्पताल, २ जना बाग्लुङ र २ जना टेकु अस्पतालमा रहेका मन्त्रालयले जनाएको छ । यसअघि गत शनिवार कैलाली र कञ्चनपुरमा एकैदिन ३ जना नयाँ संक्रमित फेला परेका थिए । त्यसपछि कोही पनि संक्रमित भेटिएका छैनन् ।

प्रवक्ता देवकोटाले नमूना संकलन र परीक्षण सँगसँगै कल सेन्टर, मोबाइल एप र वेबसाइटबाट क्वारेन्टाइनमा बसेका व्यक्तिसँग सम्पर्क भइरहेको जनाएका छन् । राजधानी बाहिर हरेक प्रदेश तथा काठमाडौंमा राष्ट्रिय प्रयोगशालासँगै वीर अस्पताल र टेकु अस्पतालमा कोरोना परीक्षण शुरू गरिन लागेको बताए ।

बाँदर र चराचुरुङ्गीलाई आहारा बाँड्न मेयर शाक्यसहितको टोली स्वयम्भू, बौद्ध र पशुपतिमा

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनका कारण पशुचौपाया, चराचुरुङ्गी समेत समस्यामा परेका छन्। यो समस्या हल गर्न काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर, छाडा चौपाया, बाँदर र अन्य चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्न थालेको छ। 

मेयर विद्यासुन्दर शाक्यसहितको टोलीले शनिबार स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा उनीहरुलाई आहारको व्यवस्था गरेको छ।  

यसअघि महानगरको ४३ औं नगर कार्यपालिका बैठकले पशुचौपाया र चराचुरुङ्गीलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको थियो।  

‘चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बादर केही पनि भोकले नमरुन भनेर वडावडालाई नै उनीहरुको आहारका लागि बजेट पठाएका छौँ,’ मेयर शाक्यले भने।
  
महानगरको टोलीले आइतबार बसन्तपुर, कालमोचनलगायतका क्षेत्रमा अनुगमन गर्ने कार्यक्रम छ।  

प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

क्वारेन्टाइनमा बसेका नागरिकको शनिबारदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ। शनिबार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए।

क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए। थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

्क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए। 

क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ । जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ । 

उत्तरी हुम्लामा खाद्य संकट: स्थानीय भन्छन्- भाेट मात्रै माग्न आउँछन्, भाेक साेध्दैनन्

दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ। चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ। 

कोभिड–१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरुपमा खाद्यान्नलगायत अन्य काममा पनि संकट चुलिँदै गएको छ।  उक्त पालिकाको वडा ४ चालागाउँका दोर्जे लामाका अनुसार आधारभूत आवश्यकताका सामग्रीका साथै दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य संकट भएको छ।

गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाई गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन्। वर्षौँदेखि चालागाउँलेले चीनको ताक्लाकोटमा गएर आवश्यकताका सामाग्री ल्याउने भए पनि यस वर्ष सीमानाका बन्द हुँदा संकट भएको अर्का बासिन्दा टसि लामाले बताए। उनले भने, ंभोट माग्न मात्रै आउँछन्, हामीहरुलाई भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन् ।’

भौलिक विकटताका साथै यस वर्षको अत्यधिक हिमपातले बाटोघाटो आवातजावत गर्न एकातिर कठिनाइ छ भने अर्कािितर लकडाउनले असर पारेको छ।  करीब ३५ घरधुरी रहेको चालागाउँमा वर्षको एक बाली मात्रै अन्न उत्पादन हुन्छ । सो उत्पादननले चार महिना पनि खाना पुग्दैन। यसले गर्दा  कि सदरमुकाम सिमकोटबाट कि त नजीकैको सीमा बजार ताक्लोकोटबाट आठ महिनाका लागि खाद्यान्नको व्यवस्था गर्नुपर्ने बाध्यता छ। 

अहिले चालागाउँमा गएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई पनि खानपिनको व्यवस्था गर्न स्थानीयवासीलाई धौधौ परेको चाला स्वास्थ्यचौकीका इञ्चार्ज गणेश रोकायाले बताए। 

सो गाउँमा एकातिर खाद्य संकट देखिएको छ भने अर्कातिर गाउँमा गएका कर्मचारीलाई स्थानीय वातावरण र खानापिनमा बानी पार्न गाह्रो भएको जानकारी प्राप्त भएको छ।  गाउँमा न त भरपर्दो सञ्चारका सेवासुविधा उपलब्ध छन् न त स्वास्थ्य र शिक्षा। आफूहरुको सेवासुविधामा स्थानीय तहका पदाधिकारीले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्