काठमाडौं, १० वैशाख– कुमारी बैंक लिमिटेडले निष्काशन गरेको २ करोड ६९ लाख ९१ हजार ६ सय ६५.३१ कित्ता सेयर हकप्रद खरिदका लागि आज अन्तिम दिन हो ।
बैंकले २ सेयर बराबर १ नयाँ सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको सेयर खरिदका लागि आज (आइतबार) बैंकिङ समयसम्म आवेदन दिन सकिने छ । नेपाल स्टक एक्सचेन्ट (नेप्से)मा कारोबार भइ २०७३ फागुन १९ गतेसम्म कायम सेयरधनीले बैंकको सेयर खरिद गर्न पाउने छन् ।
बैंकले हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।