कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतमा बन्दाबन्दी लगाइएको छ । मानिसहरू बाहिर निस्कन नपाई घरैमा बस्नुपरेको छ ।
घरमा बस्दा भारतीयहरूले अत्यधिक पोर्न हेरिरहेको डेटा सार्वजनिक भएको छ ।
संसारको सबभन्दा ठूलो पोर्न वेबसाइट पोर्न हबले आँकडा सार्वजनिक गरेको हो । त्यसो त लकडाउनमा संसारभरि पोर्न हेर्नेहरूको संख्या बढेको छ तर भारत अहिले यो काममा पहिलो नम्बरमा देखिएको छ ।
अहिलेसम्मको लकडाउन अवधिमा भारतमा पोर्न साइट भिजिट गर्नेहरूको संख्या ९५ प्रतिशतले बढेको हो । त्यसो त बन्दाबन्दीको घोषणा हुनुअघि नै मार्च महिनामा पोर्न साइट भिजिट २० प्रतिशतले बढेको थियो । भारतमा
स्मार्टफोनहरू व्यापक मात्रामा बिक्री हुने गरेकाले पोर्न सामग्रीमा मानिसको पहुँच बढेको छ ।
भारतपछि फ्रान्स, जर्मनी, इटली, रुस, दक्षिण कोरिया, स्ेन, स्विट्जरल्यान्ड र अमेरिकामा पोर्न वेबसाइटको ट्राफिक ह्वात्तै बढेको छ ।