११ असार २०८३, बिहीबार

डेनमार्कमा बुधवारदेखि विद्यालय र शिशु स्याहार केन्द्र खोलिने

चैत ३०, २०७६
डेनमार्कमा बुधवारदेखि विद्यालय र शिशु स्याहार केन्द्र खोलिने

डेनमार्क कोरोनाभाइरस संक्रमण रोक्नका लागि लगाइएको लकडाउन बुधवार खुकुलो बनाउने भएको छ । देशमा कोरोनाभाइरसका केसहरू स्थिर भएपछि यस्तो निर्णय लिइएको हो । 

तर बार, रेस्टुराँ, शपिङ मल अझै एक महिना बन्द नै रहनेछन् । अनि १० जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन पनि रोक कायम छ । 

डेनमार्कमा ५ हजारभन्दा बढी कोरोनाभाइरसका केस देखिएका छन् भने २३७ जनाको मृत्यु भएको छ । केही दिनयता भने मृत्यु हुने र अस्पतालमा भर्ना हुनेको संख्या स्थिर देखिन्छ ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले लकडाउन नियमहरू बिस्तारै खोल्ने निर्णयका बारेमा बताइन्, ‘यो अग्लो ठाउँमा डोरीमा हिँडे जस्तै हो । हामीहरू उभिरह्यौं भने पनि खस्छौं अनि हतार गर्‍यौं भने पनि लड्छौं । त्यसैले हामीले सतर्क भएर कदम चाल्नुपर्छ ।’

सरकारले क्रमिक रूपमा, नियन्त्रणसहित र चुपचाप डेनमार्कलाई पुनः खोल्ने आशा गरेको फ्रेडरिकसेनले बताइन् । 

तर नियन्त्रण खोलिए पनि पहिलेकै जस्तो अवस्थामा नपुगिने चेतावनी उनले दिइन् । 

उनले भनिन्, ‘हामी पहिलेको जस्तो ट्रेन, बस र सबवेहरूमा खाँदिएर हिँड्न मिल्दैन । अनि भीडमा अरूको नजिक बस्न पनि मिल्दैन र पार्टी दिन पनि मिल्दैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्