०६ असार २०८३, शनिबार

यी व्यक्तिले बनाए कोरोना कार, सचेतना जगाउने प्रयास (भिडियो)

चैत ३०, २०७६
यी व्यक्तिले बनाए कोरोना कार, सचेतना जगाउने प्रयास (भिडियो)

भारतको हैदराबादमा बस्ने के सुधाकरले अनौठा आकारप्रकारका कारहरू बनाउने गरेका छन् । त्यसैक्रममा उनले कोरोनाभाइरसप्रतिको सचेतना जगाउनका लागि कोरोना कार बनाएका छन् । 

अनौठा कारहरूको संग्रहालय सुधा कार्स चलाउने सुधाकरले बुधवार यो अनौठो कार सार्वजनिक गरेका हुन् । 

‘मानिसहरूलाई कोरोनाभाइरसप्रति सचेतना जगाउन तथा घरैमा बस्न प्रेरित गर्न मैले यो कार बनाएको हुँ । घरबाट नआउनका लागि स्पष्ट सन्देश दिने मेरो उद्देश्य हो,’ सुधाकरले भने । 

एउटा सीट भएको यो कारमा १०० सीसी इन्जिन छ र यसको फाइबर बडी छ । ‘अधिकतम ४० किलोमिटर प्रतिघन्टा चल्ने यो कार बनाउन मलाई १० दिन लाग्यो,’ उनले भने । 

हैदराबाद प्रहरीलाई कोभिड–१९ सचेतना फैलाउन यो कार दान दिने उनको लक्ष्य छ । 

उनले बर्गर, चुच्चो हील भएको जुत्ता, झोला, क्यामरा, फूटबल र कम्प्युटरको आकार भएका कार पनि उत्पादन गर्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्