०६ असार २०८३, शनिबार

प्रदर्शनकारीको अनौठो तरिकाः बेहुलीलाई फासी !

कात्तिक २०, २०७४
प्रदर्शनकारीको अनौठो तरिकाः बेहुलीलाई फासी !

काठमाडाैं, १० वैशाख-लेबनाममा बलात्कार कानूनमा परिवर्तनको माग गर्दै अभियान चलिरहेको छ ।  प्रदर्शनकारीले बेरुतको एक चर्चित बीचमा एक डरलाग्दो अवस्था बनाउने कोशिश गरिएको छ ।

प्रदर्शनकारीले यस इलाकामा रहेको खजूरको रुपमा ३० भन्दा धेरै बेहुलीहरुको सेतो बस्त्रलाई फासीको डोरीमा झुण्डिरहेको बनाएका छन् ।
लेबनानमा वर्तमान वलात्कार कानून अनूसार बलात्कारीले पीडितसँग विवाह गरे उसले आरोपबाट मुक्ति पाउने व्यवस्था छ ।

प्रदर्शनकारीले लेबनानको संसदको आगामी संसदमा यस प्रावधानलाई हटाउन संशोधन गर्न माग गरेका छन् ।
लेबनानकी महिला मामिला मन्त्री जिया ओगास्वियाले यस प्रावधानलाई पाषण युगको निशानी बताएकी छिन् ।
अधिकारकर्मीहरुले महिला दैनिक बलात्कारको शिकार हुने गरेको भन्दै अव विवाह पनि दैनिक हुनेछ र बलात्कार पनि ।

महिलाविरुद्ध हुने हिंसा विरुद्ध मानिसको ध्यान खिच्न प्रदर्शनकारीहरुले विरोधको कलात्मक तरिका अपनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्