०१ असार २०८३, सोमबार

कोरोना तत्काल पत्ता लगाउने सफ्टवेयर बनाइएको दाबी

बैशाख १, २०७७
कोरोना तत्काल पत्ता लगाउने सफ्टवेयर बनाइएको दाबी

कोरोनाभाइरसले आक्रान्त अमेरिकामा भाइरसको सामना गर्नका लागि स्वास्थ्य सेवाका अधिकारीहरू दिनरात मेहनत गरिरहेका छन् । 

यसैक्रममा एक वैज्ञानिकले सफ्टवेयर कोड आविष्कार गरेको र त्यसले केही सेकेन्डभित्रै शरीरमा रहेको भाइरस पत्ता लगाउने दाबी गरेका छन् । 

युनिभर्सिटी अफ डेटन रिसर्च इन्स्टिच्युटका वैज्ञानिक बरात नारायणनले सफ्टवेयर कोडबाट मानिसको छाती स्क्यान गरेर शरीरमा लुकेको भाइरस पत्ता लगाउन सकिने बताएका छन् । 

सफ्टवेयरले ९८ प्रतिशतसम्म सही जानकारी दिने उनको दाबी छ । 

नारायणनका अनुसार, यो विशेष सफ्टवेयर सामान्य एक्सरे मशिनभन्दा फरक छ । यसलाई कृत्रिम बौद्धिकता प्रविधिसँग जोडिएको छ र त्यसको परिणाम ९८ प्रतिशतसम्म सही हुन्छ ।

नारायणन लामो समयदेखि कृत्रिम बौद्धिकता प्रविधिमा काम गरिरहेका छन् जसको उपयोगबाट  चिकित्सकहरूलाई रोगीको रोग चिनेर उपचार गर्न सहज भएको छ । 

उनले स्तन क्यान्सर, औलो, ब्रेन ट्युमर, क्षयरोग, मधुमेह र निमोनिया जस्ता रोग छिट्टो पत्ता लगाउनका लागि सफ्टवेयर कोडहरू बनाएका छन् । 

कोरोनाभाइरसका कारण संसारभरि एक लाख १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्