भारतको उत्तर प्रदेशस्थित कानपुरमा लकडाउनका बेलामा अचम्मको घटना भएको छ ।
शंकर बताशेवाला नामक वृद्ध दिवंगत भएपछि उनलाई अर्थीमा राखेर मसानघाटतिर लग्न लाग्दा उनी अचानक उठे । उनले ‘मलाई कता लैजान लागेको’ भनेपछि मानिसहरू तर्सिए ।
त्यसपछि उनलाई हतारहतार अस्पताल लगियो ।
आइतवार बिहानै ८० वर्षीय शंकरको स्वास्थ्य खराब भयो र उनी मृत अवस्थामा पाइए । सास र मुटुको चाल बन्द भएको पाएपछि परिवारका मानिसले उनी मरेको ठाने । उनको दाहसंस्कारको तयारी गरियो ।
बिहान ११ बजे उनलाई कोठाबाट तल ल्याएर अर्थीमा राखेर लैजाँदै गर्दा उनको होश खुल्यो र उनले कहाँ लैजान लागेको भनी सोधे ।
त्यसपछि उनलाई नर्थ स्टार अस्पताल लगियो । त्यहाँ चार घन्टासम्म बाँचेपछि उनको मृत्यु भयो । अनि भगवतदास घाटमा उनको अन्तिम संस्कार गरियो ।