०७ असार २०८३, आइतबार

कास्कीमा २७३ सवारी पास दुरुपयोग, चैतमा ६७ मुद्दा दर्ता

कास्कीमा २७३ सवारी पास दुरुपयोग, चैतमा ६७ मुद्दा दर्ता

लकडाउन समयमा कास्कीमा २ सय ७३ वटा सवारी पास दुरुपयोग भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले लकडाउनका बेला सो संख्यामा पासको दुरुपयोग भएको जानकारी दिए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार पास दुरुपयोग गर्नेहरुलाई आवश्यक कारवाही समेत अघि बढाइएको छ। सवारीचालक अनुमतिपत्र नलिइ सवारी चलाएको, म्याद सकिएको पास प्रयोग गरेको, अर्को व्यक्तिले सवारी चलाएको, एक सवारीसाधनको पास लिई अर्को सवारी चलाएको, क्षमताभन्दा बढी यात्रु बोकेको, प्रयोजनविपरीत पास दुरुपयोग हँुदा उनीहरु कारबाहीमा परेको उनले जनाए।

यस्तै, यो समयमा ३६ वटा चारपाङ्ग्रे सवारीसाधन कारबाहीमा छन्। लकडाउनको बेला हालसम्म २ हजार ७ सय २१ वटा दुईपाङ्ग्रे सवारीसाधन मोटरसाइकल÷स्कुटर चालक कारवाहीमा परेका छन्।
यसबेला ३ हजार ६ सय ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिई कोरोना सचेतनाबारे कक्षा दिँदै छाडेको छ। 

चैतमा कुल ६७ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । तीमध्ये चोरीका मुद्दा एउटापनि छैन। सबैभन्दा बढी सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरका २५ वटा मुद्दा दर्ता भए। 

यस्तै, लागुऔषधका ६, जबर्जस्ती करणीका २, जबर्जस्ती करणी उद्योगमा १, झुण्डिएर आत्महत्याका १०, धर्मसम्बन्धी कसूरका २, ज्यान मार्ने उद्योगका ३, ठगी २, बैंकिङ कसूरका ४ मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार माघ तुलनामा फागुनमा ५० प्रशिशतले मुद्दा दर्तामा कमी आएकोमा फागुनको तुलनामा चैतमा सतप्रतिशत मुद्दा दर्ता घट्यो।

salt training

कमेन्ट गर्नुहोस्