
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राज्य परिषद सदस्य एवम् विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरेका छन्।
सरकारले कोरोना रोकथामका लागि चीनबाट औषधि, स्वास्थ्य उपकरण चीनबाट जीटूजी विधिबाट ल्याउने निर्णय गरेर सेनालाई जिम्मा दिइसकेको अवस्थामा परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार चिनियाँ समकक्षीसँग टेलिफोनमा कुरा गरेका हु्न्।
कुराकानीमा कोरोना भाइरसविरुद्ध लड्न चीनले गरेको सहयोगको मन्त्री ज्ञवालीले सह्राना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले ट्वीट गरेर जनाएको छ। उनीहरुबीच पछिल्लो पटक चैत २७ गते टेलिफोन वार्ता भएको थियो।
Foreign Minister @PradeepgyawaliK had friendly phone call with State Councilor & Foreign Minister of China H.E Mr Wang Yi today and talked about fight against COVID-19, appreciated Chinese cooperation and also discussed matters of bilateral relations. @bairagi_shanker @PaudyalBR
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) April 13, 2020