
काठमाडौं १० बैशाख– सरकारले जेठ अन्तिम साताका लागि दोस्रो चरणको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ ।
मधेश केन्द्रीत दलको प्रभाव रहेको प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव गर्नेगरी मिति घोषणा गर्न लागिएको हो । निर्वाचन मिति घोषणा गर्न आइतवार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
दलहरुबीच जेठ अन्तिम साता चुनाव गर्ने सहमति भएको सहमति खोज्न गठित कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
पहिलो चरणमा चारवटा प्रदेशमा चुनाव गर्ने र बाँकी तीनवटा प्रदेशमा दोस्रो चरणमा चुनाव गर्ने सहमति भएको नेताहरुले बताएका छन् । निर्वाचन आयोगले जेठ ३१ गतेका लागि चुनाव गर्न प्रस्ताव गरेको स्रोतको दावी छ ।
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग दोस्रो चरणको मितिवारे छलफल गरेका थिए ।