
बलिउड अभिनेत्री उर्वशी रौटेला आफ्ना अनेक उटपट्याङ हरकतका कारण ट्रोल भइरहन्छिन्। साथै हट अन्दाजका लागि पनि उनी माहिर कहलिन्छन्।
अहिले सोसल मिडियामा उर्वशीका २५ मिलियन फोलोअर्स पुगेका छन्। यो देखेर उनी निकै खुसी छिन्। आफ्नो यो उपलब्धि उनी फ्यानसँग फरकफरक तरिकाले सेयर गरिरहेकी छन्। अहिले उनले एउटा भिडियो पोस्ट गरेकी छन् जसमा उनी मञ्जुलिकाको भेषमा देखिएकी छन्। पृष्ठभूमिमा कोरोना कोरोना भन्दै एउटा आवाज सुनिन्छ। यस्तै गेटअप उर्वशीले पहिले पनि गरेकी थिइन्। त्यतिबेला पनि उनी ट्रोल भएकी थिइन्। त्यसपछि उनले यो पोस्ट हटाएकी थिइन्। अहिले यो भिडियो तीव्र गतिमा भाइरल भइरहेको छ।
अहिले देशमा कोरोना भाइरसका कारण लकडाउन छ र सबैजना घरभित्र बस्न बाध्य छन्। यसैबीच उर्वशीले एउटा ट्विट गरेकी छन्। यसका कारण उनी फेरि विवादमा आएकी छन्। वास्तवमा उनले यो ट्विट चोरी गरेकी हुन्। यो ट्विट सिद्धार्थ मल्होत्राको हो। यसकारण उनी विवादमा आएकी छन्। यसअघि पनि उनले एक विदेशी लेखकको कन्टेन्ट चोरी गरेकी थिइन्। लेखकले उर्वशीमाथि कन्टेन्ट चोरीको आरोप लगाएका थिए। त्यसपछि उनले स्पष्टीकरण दिँदै भनेकी थिइन्, ‘यो मेरो सोसल मिडिया टिमले गरेको मैले होइन।’ यो समस्या समाधान हुन नपाउँदै उनले फेरि त्यही गल्ती दोहोर्र्याएकी छन। अन्नपूर्ण पोस्टमा खबर छ ।