१२ साउन २०८३, मंगलबार

कोरोनाभाइरस राहतका लागि टिकटकले साढे ३७ करोड डलर दान दिने

बैशाख २, २०७७
कोरोनाभाइरस राहतका लागि टिकटकले साढे ३७ करोड डलर दान दिने

लोकप्रिय सामाजिक सञ्जाल याप टिकटकले कोरोनाभाइरस राहतका लागि साढे ३७ करोड डलर दिने भएको छ । 

महाव्याधिका बेलामा यो भिडियो–शेयरिङ याप अत्यधिक उपयोग गरिएको छ । घरैमा थुनिएर बसेकाहरूले बाहिरी विश्वसँग संवाद गर्न यो याप उपयोग गरिरहेका छन् । 

टिकटकले दिने रकम विभिन्न कार्यक्रम, स्वास्थ्यकर्मी र सामग्रीहरूबीत बाँडिनेछ अनि महाव्याधिको असर परेका टिकटक प्रयोगकर्ताहरूलाई पनि दिइनेछ । संगीतकार, कलाकार, शिक्षक र परिवारलाई रकम दिइने भएको हो । 

यसबाहेक थप १० करोड डलर साना तथा मध्यम व्यापारका लागि ऋणका रूपमा दिइनेछ । त्यसो गर्दा महाव्याधि नियन्त्रणमा आएपछि कम्पनीहरू फेरि आफ्नो खुट्टामा उभिन सक्छन् भन्ने आशा गरिएको छ ।

कोरोनाभाइरसले मानिसलाई संक्रमित गर्ने र ज्यान लिने काम त गरिरहेकै छ, धेरै पसल तथा कारोबारहरू पनि बन्द गराएको छ । अर्थतन्त्र सामान्य नहुन्जेल त्यस्ता कम्पनी तथा व्यापारलाई सहायता गर्ने गरी टिकटकले फन्ड दिन लागेको हो । 

टिकटकका अध्यक्ष एलेक्स झुले टिकटक समुदायको काम नै एकअर्कालाई हेरचाह गर्ने र सहयोग गर्ने हो भने ।

salt training

कमेन्ट गर्नुहोस्