२७ असार २०८३, शनिबार

नेपाली कामदारको भिसा ५० दिन थप्ने दक्षिण कोरिया सरकारको निर्णय

बैशाख २, २०७७
नेपाली कामदारको भिसा ५० दिन थप्ने दक्षिण कोरिया सरकारको निर्णय

दक्षिण कोरिया सरकारले रोजगारीका लागि ईपीएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ ।

श्रम मन्त्रालयका अनुसार अप्रिल १४ देखि लागू हुने गरी ईपीएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो ।

ईपीएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा ४ वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । नियमअनुसार ४ वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । 

यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।  – जीवन खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्