०४ असार २०८३, बिहीबार

पतिको कुटाइबाट पत्नीको मृत्यु

बैशाख २, २०७७
पतिको कुटाइबाट पत्नीको मृत्यु
प्रतिकात्मक तस्वीर

बाँकेको वैजनाथ गाउँपालिका–२ नौबस्तामा पतिको कुटाइबाट १ महिलाको मृत्यु भएको छ । 

नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतवार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलवार मृत्यु भएको हो । 

घाइते दिलमायालाई घटनाको ३ दिनपछि मंगलवार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले पत्नीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । ३ दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको मंगलवार मृत्यु भएको हो ।

मृतकको शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्