०४ असार २०८३, बिहीबार

चट्याङ लागेर नाबालकसहित ३ जना घाइते

बैशाख २, २०७७
चट्याङ लागेर नाबालकसहित ३ जना घाइते
प्रतिकात्मक तस्वीर

बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर ३ वर्षीया नाबालकसहित ३ जना घाइते भएका छन् ।

रेशका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उनका ३ वर्षीया छोरा घाइते भएका हुन् । 

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ ।

हावाहुरीले घर गोठको छाना उडाएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । लालबहादुर र पवित्रा ससुरा बुहारी नाता पर्ने हुन् । उनीहरू दुवैजना बस्दै आएका घरमा क्षति भएकाले पुनः निर्माणको काम थालिएको लमिछानेले बताए ।

चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते रहेको लामिछानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्