२७ असार २०८३, शनिबार

ट्रम्पले लकडाउन हटाउने अधिकार आफूसँग भएको लिए अड्डी

बैशाख २, २०७७
ट्रम्पले लकडाउन हटाउने अधिकार आफूसँग भएको लिए अड्डी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न राज्यका गभर्नर र कानूनविद्हरूको धारणाविपरीत आफूसँग देशव्यापी लकडाउन हटाउने पूर्ण अधिकार भएको दाबी गरेका छन् । 

‘अमेरिकाको राष्ट्रपतिले नै सबै निर्णय लिने हो,’ ट्रम्पले पत्रकारहरूसँग विवाद गर्दै पत्रकार सम्मेलनमा घोषणा गरे । 

तर अमेरिकी संविधानले सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्न राज्यहरूलाई जिम्मेवारी तोकेको छ । 

अमेरिकाको पूर्वी र पश्चिमी किनाराका १० राज्यले लकडाउन हटाउने तयारी गरिरहेका छन् ।

अमेरिका अहिले कोरोनाभाइरसको केन्द्रविन्दु बनेको छ । त्यहाँ साढे पाँच लाखभन्दा बढी संक्रमण देखिएका छन् र २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

ह्वाइट हाउसले गर्ने दैनिक कोरोनाभाइरस ब्रीफिङमा ट्रम्पले अमेरिकी अर्थतन्त्र पुनः सुचारु गर्ने योजनालाई अन्तिम रूप आफ्नो प्रशासनले दिइरहेको बताए । 

मे १ देखि लकडाउन खुकुलो बनाउन सकिने संकेत ट्रम्प प्रशासनले दिएको छ । 

अप्रिल ३० सम्म अमेरिकीहरूलाई रेस्टुराँ नजान र अनावश्यक यात्रा नगर्न अनि १० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन ह्वाइट हाउसले सुझाव दिएको छ ।

पत्रकारहरूले मानिसलाई घरैमा बस्न राज्यहरूले दिएको आदेशलाई अतिक्रमण गर्ने अधिकार ट्रम्पसँग छ त भनी सोध्दा ट्रमपले जवाफ फर्काए, ‘अमेरिकाका राष्ट्रपतिसँग पूर्ण अधिकार छ । गभर्नरहरूलाई पनि यो कुरा थाहा छ । तर हामीहरू राज्यसँग मिलेर काम गर्छौं ।’

राष्ट्रपतिले यस्तो अधिकार दिने विभिन्न प्रावधानहरू रहेको ट्रम्पको अड्डी छ तर कुन प्रावधान पनि उनले खुलाएनन् । 

तर कानूनविद्हरूले राज्य वा स्थानीय तहमा लगाइएको सार्वजनिक स्वास्थ्य नियन्त्रणलाई पल्टाउने अधिकार राष्ट्रपतिसँग नभएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्