
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग मंगलबार छलफल गरेका छन्। मंगलबार कार्यव्यवस्था परामर्श समिति बोलाएर उनले छलफल गरेका हुन्।
बैठकले विपद् व्यवस्थापन र महामागरी सम्वन्धी मुलुकमा बनेका कानूनको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। प्राप्त सुझाव कार्यान्वयन गर्न उच्चस्तरीय समितिमार्फत सरकारलाई उपलब्ध गराउने निर्णय गरेको भएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सघीय संसद, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कोरोनाको जोखिम नियन्त्रणका लागि जनचेतना जगाउने, सरकारको भूमिकाको अवलोकन र समन्वय गरी जनतालाई आश्वस्त तुल्याउने सन्दर्भमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय भएको बताए।
बैठकमा नेताहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका थिए।