राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) को दायरामा ल्याउन नसकिएका व्यक्तिमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको बताएकी छन्।
नेपालमा कोरोना संक्रमतिको संख्या १६ पुगेकोमा हालसम्म यी दुबै विधिबाट १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा निर्देशक डा झाले पिसिआरभन्दा आरडिटीबाट नमूना परीक्षण गर्न सजिलो भएकाले यो विधि नेपाललगायत विश्वका धेरै देशले प्रयोग गरिएको बताइन्।
आरडिटी प्रत्यक्ष फिल्डमा गएर रगत लिई नमूना परीक्षण गरिन्छ। रगत लिएको १५ मिनेटमा नै नजिता देखाउछ । आरडिटीले कोरोनाको सम्भावित संक्रमण देखाउने र पिसिआरले त्यसको यकिन गर्ने गर्दछ। प्रयोगशालाका निर्देशक डा झाले पिसिआरले ६ घण्टामा नमूनाको नतिजा दिने बताइन्।