०५ साउन २०८३, मंगलबार

लकडाउनका बाबजुद मुम्बईको रेलव स्टेशनमा हजारौँको भीड किन?

बैशाख २, २०७७
लकडाउनका बाबजुद मुम्बईको रेलव स्टेशनमा हजारौँको भीड किन?

भारतमा कोरोना भाइरस रोकथामका लागि लागू गरिएको २१ दिने लकडाउन मंगलबार सकिँदै थियो। कोरोनाका संक्रमित झनझन बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वैशाखसम्मका लागि लकडाउन लम्ब्याएका छन्।

तर, २१ दिने लकडाउन समाप्त हुने दिन मंगलबार मुम्बईस्थित बांद्रा रेलवे स्टेशनमा हजारौँको भीड जम्मा भयो। उनीहरुमा आशा थियो, लकडाउनका कारण रोकिएको रेल सञ्चालन हुनेछ।’

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार स्टेशनमा जमा भएकामध्ये अधिकमान्छे प्रवासी मजदूर रहेका छन्। बीबीसीले गृह राज्यलाई उदृत गरेको छ। यद्यपि स्टेशनमा भीड बढेपछि स्थानीय प्रहरीले हटाएको थियो।

भीड हटानउन प्रहरीले लाठीचार्ज समेत गर्नु परेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्