२३ असार २०८३, मंगलबार

कोरोना संक्रमणको जोखिम भन्दै कैदीबन्दी रिहा गर्न माग गर्दै रिट

कोरोना संक्रमणको जोखिम भन्दै कैदीबन्दी रिहा गर्न माग गर्दै रिट

कोरोना संक्रमणको जोखिम भन्दै कैदीबन्दी रिहा गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ। 

गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खिमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गर्दै रिट निवेदन दायर गरिएको हो।

निवेदनमा जेष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन  माग गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्