०७ असार २०८३, आइतबार

भारतमा एकैदिन कोरोनाका १४६३ संक्रमित फेला, मृतकको संख्या ३५३ पुग्याे

बैशाख २, २०७७
भारतमा एकैदिन कोरोनाका १४६३ संक्रमित फेला, मृतकको संख्या ३५३ पुग्याे
प्रतिकार्यात्मक तस्वीर।

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १ हजार ४ सय ६३ नयाँ संक्रमित फेला परेका छन्। 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय १५ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा २४ घन्टायता मृत्यु हुनेको संख्या २९ रहेको पाइएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३५३ पुगेको छ। 

भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार १ सय ९० जना उपचारपछि घर फर्किसकेका छन्। 
 

कमेन्ट गर्नुहोस्