११ असार २०८३, बिहीबार

बालिका बलात्कारका फरार अभियुक्त पक्राउ

बालिका बलात्कारका फरार अभियुक्त पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

बलात्कार गरी फरार भएका अभियुक्तलाई दाङ प्रहरीले मंगलबार पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिए।

गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक  कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्