१२ असार २०८३, शुक्रबार

लकडाउनले आपूर्ति सहज नहुँदा पेट्रोलियम पदार्थको अभाव

बैशाख ३, २०७७
लकडाउनले आपूर्ति सहज नहुँदा पेट्रोलियम पदार्थको अभाव
प्रतिकात्मक तस्वीर

लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्यांकर चालकले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन नसकेपछि १ सातायता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोलपम्प सञ्चालक बताउँछन् ।

पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य बढाएर कालोबजारीमा बिक्री गर्न पेट्रोलियम पदार्थ लुकाइएको आशंका गरिएको छ । परिस्थिति सहज नहुञ्जेल सहज आपूर्ति गर्न नसक्ने पम्प सञ्चालक टोलेन्द्र तामाङले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले पेट्रोल पम्प सञ्चालकलाई छलफलमा बोलाएर पेट्रोलियम पदार्थ ढुवानी सहज गराइने जनाए ।

salt training

कमेन्ट गर्नुहोस्