२३ असार २०८३, मंगलबार

वृद्ध जोडीले मनायो सघन उपचार कक्षमै विवाहको ५०औं वर्षगाँठ

बैशाख ३, २०७७
वृद्ध जोडीले मनायो सघन उपचार कक्षमै विवाहको ५०औं वर्षगाँठ

इटलीमा कोरोनाभाइरस लागेको एक वृद्ध जोडीले सघन उपचारक कक्षमै आफ्नो विवाहको ५०औं वर्षगाँठ मनाएको छ । उनीहरूलाई वर्षगाँठ मनाउने व्यवस्था स्वास्थ्यकर्मीहरूले गरिदिएका हुन् । 

७१ वर्षीया सान्द्रा र उनका ७३ वर्षीय पति जियानकार्लोले अनुहारमा भेन्टिलेर भए पनि खाटबाट एकअर्काको हात समातेका थिए । फर्मो शहरको मुर्री अस्पतालमा यो घटना भएको हो । 

त्यस अस्पतालकी नर्स रोबर्ता फेर्रेतीले वृद्ध जोडीको ५०औं वर्षगाँठ आउन लागेको थाहा पाएपछि अन्य स्वास्थ्यकर्मीसँग मिलेर पार्टी आयोजना गरिन् । 

फेर्रेतीले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘सान्द्रा आफ्नो लागि नभई आफ्ना पतिका लागि बेस्सरी रोइन् । यत्तिका वर्ष हुँदा पनि आफूले सान्द्रलाई माया गरिरहेको पतिले बताए । मैले उनीहरूको वैवाहिक वर्षगाँठ आउन लागेको थाहा पाएपछि त्यसलाई मनाउन उनीहरूलाई सहयोग गर्ने सोच बनाएँ ।’

पार्टी १० मिनेट मात्र चल्यो । अस्पतालका कर्मचारीहरूले सुरक्षा कवच लगाएर वृद्ध जोडीलाई घेरेको र हातले प्रेमको चिह्न बनाएको देखिन्छ । 

फेर्रेतीले बताइन्, ‘हामीले सानो केकमा ५० अंकको आकृति भएको मैनबत्ती राख्यौं किनकि अक्सिजन नजिक त्यसलाई बाल्न हुँदैन । हामीले विवाह धुन बजायौं र उनीहरूले आफ्नो भएको शक्ति उपयोग गरेर आआफ्नो खाटबाट एकअर्काको हात समाते ।’ 

salt training

कमेन्ट गर्नुहोस्