नगरवासीको २ महिनाको विद्युत् महसुल तिरिदिने नगरपालिकाको निर्णय

प्रतिकात्मक तस्वीर

सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ ।

नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले २ महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।


Advertisement

बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारी नियमित रुपमा काम गर्नका लागि २० लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगर प्रमुख गंगा पासवानले जानकारी दिए ।

नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित २ हजार परिवारलाई परिवार संख्याको अनुपातमा ४ जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, ३ किलो आलु, २ किलो दाल, १ लिटर तेल र आधा केजी स्वाबिन तथा ४ जनाभन्दा बढी परिवार संख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दर राहत वितरण गरिएको नगर प्रमुख पासवानले बताए ।

कमेन्ट गर्नुहोस्