२३ जेठ २०८३, शनिबार

अफगानिस्तामा सांसदको घरमा बम हमला, पाँचको मृत्यु

कात्तिक २०, २०७४
अफगानिस्तामा सांसदको घरमा बम हमला, पाँचको मृत्यु
काठमाडौं, ७ पुस–अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको घरमा बम हमला भएको छ । हमलामा कयौं मानिस मारिएको जनाइएको छ ।

तालिबानले हेलमन्दका सांसद मीर वलीको घरमा हमला गरेको दाबी गरेको छ ।

समाचारहरुका अनुसार मीर वली आक्रमणमा बाँच्न सफल भएका छन् । तर मिडिया रिपोर्टहरुका अनुसार यस हमलामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बच्चा समेत रहेका बीबीसीले जनाएका छन् ।
२०१४ मा अफगानिस्तानबाट अन्तराष्ट्रिय गठबन्धन सेना फिर्ता भएपछि हेलमन्द प्रान्तमा तालिवानले ठूलो इलाकामा आफ्नो दबदवा कामय गरेको छ ।

हेलमन्द प्रान्तमा ठूलो मात्रामा अफीम खेती हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्