३१ जेठ २०८३, आइतबार

पेन्गुइनको यस तस्वीरले बनाउँछ भावुक, यस्तो छ कारुणिक कथा

बैशाख ८, २०७७
पेन्गुइनको यस तस्वीरले बनाउँछ भावुक, यस्तो छ कारुणिक कथा

प्रेमिल रूपमा अँगालो हालेर बसेका यी दुई पेन्गुइनको तस्वीरले सामाजिक सञ्जाललाई भावुक बनाएको छ । 

अस्ट्रेलियाका फोटोग्राफर टोबियास बोमगार्टनरले सन् २०१९ मा मेलबर्नमा यो तस्वीर खिचेका हुन् । 

टोबियासले तस्वीर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेका थिए । क्याप्सनमा उनले लेखे, ‘मैले यो सुन्दर क्षण कैद गर्न सकेकोमा भाग्यमानी अनुभव गरेको छु । मैले एक वर्षअघि यसलाई खिचेको हुँ । यी दुई पेन्गुइनहरू मेलबर्नमा एउटा पत्थरमा बसेर उज्यालो हेरिरहेका थिए । एकजना मानिस मनजिक आए भने, त्यो सेतो चाहिँ वृद्धा पोथी हो र त्यसको पार्टनरको मृत्यु भइसक्यो । अनि त्यो अर्को चाहिँ युवा भाले पेन्गुइन हो र उसको पनि पार्टनरको मृत्यु भइसक्यो । अहिले उनीहरू एकअर्कालाई सान्त्वना दिँदै घन्टौंसम्म शहरको चमकदमक हेरेर बस्छन् । मैले पेन्गुइनको समूहमा तीन रात बिताएपछि यो सहितका तस्वीरहरू खिच्न सकेको हुँ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्