०१ साउन २०८३, शुक्रबार

चामलको बोरा बोकेर घर–घर पुग्ने एउटा मान्छे...

चामलको बोरा बोकेर घर–घर पुग्ने एउटा मान्छे...

गाउँमा भोकमरी चलोस् वा आगलागी, बाढीपहिरो होस् वा कोरोना संकट, आपत–विपतमा सबै गाउँवासीले सम्झिने नाम हो- दिवस खत्री ।

बाग्लुङ जिल्लाबाट पश्चिम तारा गाउँपालिका जहाँ अधिकांश युवाहरू विदेशमा छन् । विदेशमा नभएपनि शहरमा बसाइँसरेका छन् ।

छन्, एक्लो युवा छन्, जो गाँउवासीको सेवामा निरन्तर छन् । अप्ठ्यारो उकालोमा बाटो बन्दा विदेशबाट धेरैले सम्झिने नाम हो- दिवस खत्री । 

नेकपाका स्थानीय युवा नेता भएका कारण बजेट पार्न किहलेकाहीँ काठमाडौं आउँछन्, अन्यथा यिनलाई शहरसँग कुनै लोभ छैन ।

एक घण्टा नै किन नहोस् जनताको बीचमा रमाउँदा खुशी लाग्ने बताउँछन् ।

यसपालि पनि कोराना भाइरस संक्रमण त्रासका कारण बिहान–बेलुकी छाक टार्न गाह्रो परेका गाउँका दर्जनौं परिवारलाई यिनले राहत बाँडे । 

राहात बाँड्न आफैं खटिए । काँधमा चामल बोकेर घरघरमा गए ।

तारा खोला गाउँमा समस्यामा परेका अति विपन्न, गरीब, एकल महिला अपांग व्यक्तिलाई लक्षित परिवारलाई चामल, चिनी, लुगा धुने, नुहाउने साबुन, खाने तेल, नुन वितरण गरे ।

उनले यो राहत वितरणलाई गाउँभरि फैलाउने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्