
सोमवार साँझ बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।
साँझ साढे ५ बजे बसेको सचिवालय बैठक करीब आठ बजे सकिएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री बालुवाटारबाट निस्केका थिए ।
आजै मन्त्रिपरिषदले पारित गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको थियो । अध्यादेश पार्टीभित्रै विवादित बनेको थियो ।